घटना-दुर्घटना

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
बैशाख ३१, २०७९ शनिबार ११:४६ बजे

काठमाडौं - सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।


तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।


Author

थप समाचार
x