घटना-दुर्घटना

एमालेको विजय जुलुसमा जाने यात्रु लिन जाँदै गरेको माइक्रो बस दुर्घटना, तीन जनाको मृत्यु

इकागज |
जेठ २, २०७९ सोमबार ११:९ बजे

कैलाली - विजयी जुलुसमा सहभागी गराउने यात्रु लिन‍ जाँदै गरेको माइक्रो बस(हायस) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा ​आज बिहान ९:३० बजेतिर से. १ ज २७७ नम्बरको हायस दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले एमालेको विजयी जुलुसमा कार्यकर्ता लिन दार्चुलाको गोकुलेश्वरबाट ग्वानीतर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको बताए ।


उनले दुर्घटना चालक प्रकाश धामी (२२), सहचालक नवीन सिंह धामी (२२) र स्थानीय १९ बर्षका हरि सिंह धामीको घटनास्थलमै मृत्यु भएको बताए । हायस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x