घटना-दुर्घटना

चट्याङ लागेर काभ्रेमा किशोरीको मृत्यु

इकागज |
जेठ २, २०७९ सोमबार २२:१० बजे

फाइल फोटो

काभ्रे - रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो । 


घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x