पूर्वाधार

प्रदेश १ सरकारले विनियोजन गर्‍यो लोकमार्ग निर्माणका लागि ५ अर्ब

इकागज |
असार १, २०७९ बुधबार १९:१७ बजे

विराटनगर -  प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।

इटहरीमा टेङ्ग्रा खोलालाई बुढी खोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।


त्यस्तै, स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड, जनता आवासका लागि २५ करोड, निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि ९० करोड, सिँचाइ खानेपानीको लागि ६ अर्ब बजेट विनियोजन गरिएको छ ।


Author

थप समाचार
x