सेनाको वीरेन्द्र अस्पताल भवनको शिलान्यास
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरेका छन् । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७ सय ५० शैया क्षमताको श्री वीरेन्द्र अस्पताल भवनको शनिबार बिहान प्रधानमन्त्री ओलीले विधिवत रुपमा शिलान्यास गरेका हुन् ।
शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन पश्चात् गरेको सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए ।
साथै, उनले यस महत्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामना सहित नेपाली सेनाका प्रधान सेनापति लगायत सबैलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।
५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्चात् नेपालकै नमुना अस्पतालको रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपदको अवस्थामा ६००० जना सम्मलाई उपचार गर्ने क्षमता छ । २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया