पूर्वाधार

लिभिङ थिङ्स डिजाइनले भारतमा 'बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर-२०२३' अवार्ड पायो

इकागज |
जेठ १७, २०८० बुधवार १३:५६ बजे

काठमाडौँ- लिभिङ थिङ्स डिजाइनले ‘बेस्ट रेसिडेन्सियल इन्टेरियर डिजाइनर इन नेपाल’ अवार्ड पाएको छ । मेरिट अवार्ड्स एण्ड मार्केट रिसर्च (एम ए एम आर) को फर्म्स विधामा लिभिङ थिङ्स डिजाइनले उक्त अवार्ड पाएको हो ।

लिभिङ थिङ्स डिजाइनका प्रबन्ध निर्देशक शशि भूपाल सिंहले उक्त अवार्ड ग्रहण गरेका थिए ।  उनी व्यक्तिगत विधामा ‘बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर–२०२३ (नेपाल)’ उपाधिबाट सम्मानित भएका हुन् ।


'एम ए एम आरले' भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा लिभिङ थिङ्स डिजाइनलाई अवार्ड प्रदान गरिएको थियो । वास्तुकार र डिजाइन अवार्ड २०२३ को सातौं संस्करणमा दुई फरक विधामा व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्ने गरिन्छ ।

यसअघि 'एम ए एम आर' 'पी ए एन' व्यक्ति र फर्महरूलाई मनोनयन र पुरस्कार दिँदै आएको थियो। यस वर्ष उनीहरूले नेपालका केही कम्पनीलाई समेत समेटेका छन् । देशभित्र हुने अवार्ड उनीहरूले अन्तर्राष्ट्रियकरण गरेका छन् ।  

अवार्ड ग्रहण गरेपछि अवार्डबाट डिजाइन र आर्किटेक्चरको क्षेत्रमा काम गर्नेका लागि प्रेरणाको स्रोत बनेको बताए । यस्ता सम्मानले नेपालका डिजाइनर र आर्किटेक्टहरूलाई थप हौसला मिल्ने उनको भनाइ थियो ।

लिभिङ थिङ्स डिजाइन काठमाडौँको महाराजगञ्जमा रहेको छ । वास्तुकला र आन्तरिक डिजाइन/निर्माण कम्पनी हो । सन् २०१२ मा लिभिङ थिङ्स स्थापना भएको हो । अवार्डबाट  सम्मानित हुँदा लिभिङ थिङ्स उत्साहित बनेको उनले प्रतिक्रिया दिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बजारीकरण भएकोमा उनले खुसी व्यक्त गरे । डिजाइनमा सिर्जनात्मक, उत्कृष्ट  खोजेर प्रतिबद्धता जाहेर गरिहेको उनको ठहर छ ।

'एम ए एम आर' नयाँ दिल्लीको सबैभन्दा ठूलो स्वतन्त्र रुपमा मार्केटिङ गर्ने अनुसन्धान संस्थाह हो । संगठनले ठूला र साना रणनीतिक, परामर्श र व्यापारका लागि सल्लाह सुझाव दिने गर्छ । प्रत्येक वर्ष 'एम ए एम आर' ले अनुसन्धान र वास्तुकला र डिजाइन, स्वास्थ्य हेरचाह, दन्त चिकित्सा, व्यापार र शिक्षाका लागि पुरस्कार मनोनयन गर्दछ ।

 


Author

थप समाचार
x