पूर्वाधार

माछापुच्छ्रेले ७.०३ प्रतिशत बोनस सेयर, ३.३७ प्रतिशत नगद बाढ्ने

इकागज |
मंसिर २६, २०७७ शुक्रबार १२:१० बजे

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ७.०३ प्रतिशत बोनस सेयर लाभांस र ३.३७ प्रतिशत नगद लाभांस बाढ्ने भएको छ । पुस २ गते बस्ने तय भएको बैंकको २२औं साधारणसभाले लाभांस बाढ्ने प्रस्ताव छ ।

विश्वभर फैलिएको कोभिक र महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कल ममार्फत गर्ने तयारी छ ।  आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा  लेखापरीक्षकको प्रतिवेदन सहित २०७० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७६/७७ को  नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने कार्यक्रम छ ।


संचालक समितिले प्रस्ताव गरे बमोजिम २८ करोड ५० लाख ६४ हजार रुपैयाँ अर्थात चुक्ता पूँजीको ३.३ प्रतिशत नगद लाभांस बाढ्ने उल्लेख छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई ५९ करोड ४६ लाख १६ हजार रुपैयाँ (चुक्ता पुँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने बैंकले जानकारी दिएको छ ।

 


Author

थप समाचार
x