पूर्वाधार

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा नीजि आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 


सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाढ्ने र आगामी दिनमा नेपाललार्य विपतबाट बचाउनकालागि नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

उनले भने, ‘हामीले दुईवटा मुल उद्देश्य राखेर यो सम्मेलन गर्दैछौँ । एउटा, हामीले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाढ्ने । सिकाइहरु साटासाट गर्ने । त्यसका साथै हामीले प्राप्त गरेका अनुभवहरु हाम्रो भावि पुस्ताका निम्ति डकुमेन्टेशन गरेर छाड्ने, जसले गर्दा भोलिका दिनमा यस्ता खालका विपद् आउँदाखेरी कसरी काम गर्दाखेरी उपयुक्त हुन सक्दोरहेछ । कहाँ कमजोरी भयो ?, कहाँ राम्रो गर्न सक्यौँ ? के कुरामा सुधार गर्नुपर्ने होला ?, यी सबै कुराहरुको बारेमा बताउन सकौँ । अर्को, भोलिका दिनमा नेपाललाई सबै प्रकारका विपद्हरुबाट सुरक्षितमुलक कसरी बनाउने ? त्यसको निम्ति हाम्रो रोडम्याप के हुनसक्छ ? हाम्रो मार्गचित्र के हो ? हाम्रो कार्यक्रम के हो ? यसको बारेमा पनि हामीले त्यो कार्यक्रममा प्रस्तुत गर्ने ।’

प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ भने सम्मेलनलाई लक्षित गरी www.icnr.nra.gov.np वेवसाइट पनि सार्वजनिक गरेको छ ।


Author

थप समाचार
x