पूर्वाधार

एक महिनापछि सन्‍चालनमा आयो बझाङ जोड्ने जयपृथ्वी राजमार्ग

इकागज |
मंसिर ५, २०७८ आइतबार ७:४१ बजे

कैलाली - अवरुद्ध भएको एक महिनापछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बझाङ जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडकखण्ड शनिबार साझबाट सञ्चालनमा आएको हो ।

कात्तिक ३ गतेको बेमौसमी अविरल वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको थियो । सेती नदीमा आएको बाढीले जय पृथ्वी राजमार्गको नारुगौंडा र जाल्याबगर सडकखण्ड बगाएपछि सदरमुकाम चैनपुरसम्म जोड्ने सडक अबरुद्ध भएको थियो । सडक अबरुद्ध भएपछि चैनपुरसम्म चलने साना तथा ठूला सवारी साधनहरू पूर्णरूपले अवरुद्ध भएका थिए ।


उक्त सडक करिब ३०० मिटर नदीले बगाएको र एक महिनापछि बिस्फोटन पदार्थ प्रयोग गरेर नारुगौडा र सेती नदिको धार परिवर्तन गरेर जाल्या बगरमा यातायात सञ्चालनमा ल्याइएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

सडक खुलेसँगै यात्रुहरूलाई सदरमुकाम चैनपुर जान तथा चैनपुरवाट बाहिरी जिल्लाको यात्रामा सहज हुने बताउदै प्रमुख जिल्ला अधिकारीले सडक संचालनमा ल्याउन आहोरात्र खटिने सडकका कर्मचारी, रास्ट्र सेवक नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहलाई धन्यवाद दिए ।


Author

थप समाचार
x