पूर्वाधार

मेलम्ची हेडबक्स सडककाे स्तराेन्नतिका लागि १० कराेड विनियोजन

इकागज |
माघ १, २०७८ शनिबार ११:१२ बजे

सिन्धुपाल्चोक - सरकारले `सुन्दरीजल, पाती भञ्ज्याङ कुटुङसाङ अम्बाथान मेलम्ची हेडबक्स´ सडककाे स्तराेन्नतिका लागि १० कराेड विनियोजन गरेको छ । बाढीले हेलम्बुलाइ सडक सञ्जालबाट टुटाएपछि गाउँपालिकाले वैकल्पिक सडकका रूपमा उक्त सडक निर्माण गरेकाे थियाे ।

वैकल्पिक सडक स्तराेन्नतिका लागि भन्दै अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हाे । बाढीले चनाैटेकाे राताेपुल पनि बगाएपछि हेलम्बु सडक सञ्जालविहीन बनेको थियो । तत्काल बिरामी परेकाहरूलाई अस्पताल लान र खाध्यान्न अभाव नहाेस् भनेर उक्त सडक निर्माण गरेर हेलम्बुलाई सडक सञ्जालबाट जाेडेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।


वैकल्पिक सडक बनाउँदै गर्दा साेही क्षेत्रबाट संघीय सांसद बनेका शेरबहादुरले मानवबस्ती भन्दा बाहिर गएर सडक बनाएकाे भन्द‌ै कुनै रकम विनियोजन गर्न नहुने बताएका थिए । तर सरकारले भने १० कराेड बजेड छुट्टयाएर थप ४० कराेडकाे स्राेत सुनिश्चितताका लागि भाैतिक मन्त्रालयले अर्थलाई पत्राचार गरिसकेको छ ।

त्यसकाे सुनिश्चितता हुनासाथ साे बाटाे निर्माणका लागि थप ४० कराेड बजेट जाने निश्चित छ । यता, सरकारले मेलम्ची बजार मेलम्ची हेडवर्कस सडकका लागि पनि ५ कराेड विनियोजन गरेको छ । राताे पुलमम बेलिब्रिज हालेपछि भर्खरै उक्त बाटाेले हेलम्बुलाई जाेडेकाे छ । मेलम्ची सडकका लागि पनि थि २४ कराेडकाे स्राेत सुनिश्चितता गर्न भाैतिक मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ ।


Author

थप समाचार
x