सेनाले द्रूतमार्गको सुरुङ खन्ने काम जेठभित्र थाल्ने
मकवानपुर (लेनडाँडा) : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रूतमार्ग (एक्सप्रेस-वे) अन्तरगतको सुरुङ मार्गको निर्माण आगामी जेठभित्र निर्माण थालिने भएको छ । दुई छिमेकी देश जोड्नसमेत सहयोगी रहने रणनीतिक राजमार्गको रुपमा रहेको उक्त द्रूतमार्ग अन्तरगत सबैभन्दा जटिल मानिएको सुरुङमार्ग ६.४ किलोमिटर तीन खण्डमा निर्माण हुने तय छ । कम्पनी छनोट गरेर अन्तराष्ट्रिय ठेक्का प्रक्रिया अघि बढेकोले अब कुनै व्यवधान नभए ६.४ किलोमिटर सुरुङमार्ग बन्ने छ । तीन सुरुङमार्ग सुरु र अन्त्यमा ९ पुल समेत बन्नेछन् ।
नेपाली सेनाले अबको चारवर्षमा सबै काम सम्पन्न गर्ने पनि बताएको छ । कम्पनी छनोट गरेर अन्तराष्ट्रिय ठेक्का प्रक्रिया अघि बढेकोले अब कुनै व्यवधान नभएमा ठक्का बन्दोवस्तको पूर्णतासँगै ६.४ किलोमिटर सुरुङमार्ग निर्माण थालनि हुनेछ । तीन सुरुङमार्ग प्याकेजमा (पुल सुरु र अन्त्य) ९ पुल समेत बन्नेछन् । ‘द्रूतमार्गको पहिलो चरणको काम सम्पन्न गरेर दोस्रो दोस्रो चरणमा सुरुङमार्ग पुलप्याकेजको काम अघि बढाइने छ,’ द्रूतमार्ग आयोजनाका कार्यान्वयनतथा अप्रेसन प्रमुख विश्वबन्धु पहाडीले भने, 'अब ठेक्का प्रक्रियामा कुनै व्यवधान नआए र सहज रहे चारवर्षमा कार्य सम्पन्न हुनेछ।' नेपाली सेनाले अबको चारवर्षमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने समेत जनाएको छ । डीपीआर अनुसार द्रूतमार्ग निर्माणको अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । यो द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०-८१ मा सम्पन्न गर्ने लक्ष्य छ ।
अन्य निकायलाई दिनुभन्दा नेपाली सेनालाई आयोजनाको जिम्मा लगाउँदा चार वर्षमा नै सम्पन्न हुने भन्दै २०७४ वैशाख २१ गते सरकारले सेनालाई यसको व्यवस्थापन जिम्मा लगाएको थियो । तर डीपीआर तयारीको कारण ढिलो गरि काम सम्पन्न हुने सेनाले जनाएको छ। कोभिड-१९ को असर पनि यसमा परेको उनीहरुले बताए। सेनाले आफ्नो समयसीमालाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेपछिको समयलाई पनि गणना गर्दै अगामी २०८१ मा कार्य सम्पन्न गर्ने उल्लेख गरेको छ । सेनाले त्यसअलावा कोभिड-१९ को प्रभावलाई पनि ‘ग्रेस’का रूपमा लिइसकेको छ ।
कोभिडले काममा शिथिलता ल्याए पनि अहिले काम अघि बढेको भन्दै निर्धारित समयसीमाभित्रै सकिने नेपाली सेनाले जनाउँदै लामो प्रगति विवरण गत कात्तिक ९ मा सार्वजनिक गरेको थियो। ७२.५ कि मी लामो यो आयोजना बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ । अब अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रूपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरूको सर्टलिस्टिङ तथा मुल्यांकन कार्य सम्पन्न भएको जानकारी सेनाले दिएको छ ।
२०७४ बैशाख २१ आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिए पनि सरकारले परियोजनाको डीपीआर दुई वर्ष केही महिनापछि अर्थात २०७६ भदौ १ गते स्वीकृत गरेको थियो । द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्बाई ७२.५ किलोमिटरमध्ये ३ वटा सुरुङ्ग मार्ग छन् । सुरुङमार्गको लम्बाई ६.४१ किलोमिटर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया