बीमा

बीमकलाई बीमा समितिको पक्षपात, कम्पनी हेरेर कारबाही

इकागज |
साउन ३१, २०७९ मगलवार १२:१० बजे

काठमाडौँ – बीमा कम्पनीहरूको नियामक बीमा समितिले बीमा कम्पनीहरुलाई पनि पक्षपात गर्ने पाइएको छ । समितिले बीमकको दर्ता प्रमाणपत्र नवीकरण ढिला गरेका कम्पनीको नवीकरणमा पक्षपात गरेको हो । 

नवीकरण नगरी बीमा कार्य सञ्चालन गर्ने केही बीमकलाई बीमा ऐन, २०४९ को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी उच्चतम दरबाट १० हजार जरिवाना गरेको छ तर त्यस्तै गरी नवीकरण नगरी कारोवार गर्ने अन्य बीमकलाई कुनै किसिमको कारबाही नगरी निर्वाध रुपमा कारोवार गरिरहेकोमा समितिको सञ्चालक समिति मौन बसेको महालेखको कार्यमूलक प्रतिवेदनले ‍औल्याएको छ ।


बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सले २०७०/७१ देखि २०७३/७४ को प्रमाणपत्र नवीकरण नगराइ बीमा कारोवार गरेकोले सञ्चालक समितिको २०७४-४-३२ को निर्णयानुसार १० हजार रुपैयाँका दरले जरिवाना गरी नवीकरण गरेको देखिन्छ । तर युनाइटेड इन्स्योरेन्स कम्पनीको २०६९ देखि २०७४ सालसम्म नवीकरण नगरी गरेको कारोबारको सञ्चालक समितिको २०७४ साल जेष्ठ २५ को बैठकबाट नवीकरण गरेको तर उक्त कम्पनीलाई कुनैपनि जरिवाना नगरेको उल्लेख छ ।

यसरी कुनै कम्पनीले करिव २ वर्षमा नवीकरण गर्दा समितिले उच्च जरिवाना गरेको देखिन्छ भने प्रभावशाली कम्पनीले ५ वर्षसम्म बिना नवीकरण निर्वाध रुपमा सेवा सञ्चालन गर्दा समेत बीमा समितिले कुनै प्रकारको कारबाही गरेको देखिदैन । 


Author

थप समाचार
x