बीमा

कोरोना बीमाबापत् ५ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी

इकागज |
बैशाख २, २०७८ बिहिवार ८:१५ बजे

काठमाडौँ : बीमा कम्पनीहरूले कोरोना बीमाबापत् ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । बीमा क्षेत्रको नियामक बीमा समितिका अनुसार, चैत मसान्तसम्म ६० हजार पाँच सय ८७ जनालाई उक्त रकम भुक्तानी गरिएको हो । 

कोभिड–१९ विरुद्धको बीमामा ९१ हजार ६ सय ७३ ओटा मागदाबी परेका छन् । बीमा दाबी भुक्तानी भएका ६० हजार पाँच सय ८७ का अतिरिक्त ४३८ मागदाबी स्वीकृतिको प्रक्रियामा छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा कोभिड–१९ को पीसीआर (पोलिमरेज चेन रियाक्सन) परिक्षण पोजिटीभ देखिएकाहरूको रिपोर्ट रूजु गरेर मात्र बीमा दाबी भुक्तानी दिने गरिएको छ । 


पछिल्लो पटक महाशाखामा ३७ हजार तीन सय ८६ दाबीको विवरण रूजु गर्न पठाइएकोमा १८ हजार पाँच सय २७ ओटा विवरण रुजु भएको थियो । थप एक हजार चार सय ९५ मागदाबीका फाइलहरू रुजु गर्नका लागि महाशाखामा पठाउने क्रममा रहेका छन् । एक हजार नौ सय ८९ मागदाबीका फाइलहरूमा विवरण अपुरो भएकाले फिर्ता गरिएको छ भने ६ सय ६६ मागदाबीमा कतिपय केसहरूको दोहोरोपना र दाबी नलाग्ने बीमा समितिले जनाएको छ । 
 


Author

थप समाचार
x