बीमा

बीमा शुल्क संकलन ९२ अर्ब ४१ करोड रुपैयाँ पुग्यो

इकागज |
चैत ५, २०७७ बिहिवार ११:५४ बजे

काठमाडौँः बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन–माघ)मा ९२ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा प्रिमियम संकलन ३२.२ प्रतिशतले बढेको हो । 

यो मध्ये जीवन बीमा कम्पनीले ७५ अर्ब ५९ करोड र निर्जीवन बीमा कम्पनीले १६ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । 


बीमा कम्पनीहरूको पुँजी वृद्धि र थप बीमा कम्पनीहरूको उपस्थितिले बीमा बजार बढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । यो अवधिमा बीमा लेख बिक्री ९.३ प्रतिशतले बढेर ७२ लाख ४३ हजार पाँच सय बीमा लेख वृद्धि भएको छ । 

बीमा समितिका अनुसार माघसम्म बीमाको दायरामा आएको जनसंख्या २२.८ प्रतिशत वैदेशिक रोजगार बीमा लेख समेत जोड्दा कुल २५.२ प्रतिशत जनसंख्यामा बीमा पहुँच पुगेको छ । 
 


Author

थप समाचार
x