वार्ता

'नेपालमा आएका तीन खाेपमध्ये 'जान्सिन' सबैभन्दा प्रभावकारी छ'

अतिन आचार्य |
साउन ७, २०७८ बिहीबार १६:३५ बजे

काठमाडौँ -  पछिल्लो समय अमेरिकाबाट करिब १५ लाख ३४ हजार भन्दा बढी जोनसन एन्ड जोनसनको 'जान्सिन' खोप ल्याइएको थियो । साउन ४ गतेबाट काठमाडौँ उपत्यकाका विभिन्‍न स्थानमा यो खोप लगाउन थालिएको छ । खोप लगाउन थालेपछि विभिन्‍न अनुसन्धानका निष्कर्षहरू प्रकाशित हुन थालेका छन् । जसले यो खोपप्रति शंका बढाएको छ ।तर,खोप विशेषज्ञ प्रोफेसर डा. जीवनबहादुर शेरचन भन्छन,' अमेरिकामा उच्च प्रविधिबाट बनाइएकाे जोनसन एन्ड जोनसनको खोप प्रभावकारी छ ।'  इकागजकर्मी अतिन आचार्यले डा. शेरचनसँग यो विषयमा गरेको थप संवाद ।

नेपालमा आपतकालीन प्रयोग गर्न तीन वटा खोप आइसकेको छ । तर जोनसन एन्ड जोनसनकै खोपलाई लिएर आशंका छ ?  नेपालीले यो खोप लाउने कि लगाउने ?


अमेरिकाबाट प्राप्त खोप उच्च प्रविधिबाट बनाइएको खोप हो । जोनसन एन्ड जोनसन खोपको प्रभावकारिता ९० प्रतिशत छ । अमेरिकामा  आपतकालीन प्रयोगका लागि पनि अनुमति पाइसकेको छ । अमेरिका जस्तो सम्पन्न मुलुकले उच्च प्रविधिबाट विभिन्न औषधि प्रयोग गरेर निर्माण गरिएकाले यो खोप प्रभावकारिता धेरै छ ।  कोभिडविरुद्धको अन्य खोप जस्तै यो पनि एक सामान्य खोप रहेकाले खोपका बारेमा धेरै शंका उपशंका गरिरहन पर्दैन ।

सर्वसाधारणले अन्य कम्पनीको भन्दा फरक खोप भन्छन नि यसलाई । सबैले बुझ्‍ने गरी यो खोपको बारेमा प्रस्टसँग बताइदिनु न?

जोनसन एन्ड जोनसनको क्लिनिकल ट्रायल गरी अमेरिकी सरकारले मान्यता दिइसकेको खोप हो । अमेरिकाले विकासोन्मुख मुलुकहरूलाई धेरै खोप उत्पादन भएकाले नि:शुल्क वितरण गरिरहेको छ । सुरुवातमा दुई सय मानिसलाई खोप लगाउँदा केहीलाई रगत आएको थियो । ७० वर्षका माथिका मानिसमा रगत र नशासम्बन्धी रोग भएकाहरूलाई यो खोप लगाउँद रगत निस्केको कुरा सत्य हो । तर, त्यसयता यसको केही पनि असर बाहिर आएको छैन । अहिले सञ्चारमाध्यममा आएका कतिपय कुराहरू अमेरिकाविरुद्ध पनि आएका हुन् सक्छन् । जसले यो खोप लगाए पनि निर्धक्क साथ लगाउनलाई सबै अनुरोध गर्दछु ।  यो खोपको बारेमा दाबीका साथ भन्छु अन्य खोपभन्दा राम्रो छ ।

भनेपछि कुनै पनि प्रकारको जोखिम छैन नि ?

जेनेटकली उच्च प्रविधिबाट यो खोपको निर्माण गरिएको छ । उच्च तापक्रममा राख्दा पनि यसको प्रभावकारिता घट्न सक्दैन । यो खोप एक वर्षदेखि १८ महिनासम्म काम गर्न सक्ने हुन्छ । यस्ता विधिबाट बनाइएको खोपको प्रभावकारिता हुन्छ । अन्य खोपभन्दा फरक यस कारण छ कि यो सिङ्गल डोज मात्र लगाए पुग्छ । अमेरिकामा काम गर्ने मानिस धेरै छन् । दुवै डोज लागउन उनीहरूसँग समय नहुने भएकाले एकै डोजले प्रभावकारी काम गर्ने तरिकाले खोपको निर्माण गरिएको हो ।

'जान्सिन' खोप लगाउन धेरै मानिसहरू धकाएका  छन् । त्यस्ता माननिसलाई कस्तो सुझाव दिनुहुन्छ ?

नयाँ-नयाँ कुराको विकास हुँदा सुरूमा मानिसमा यस्तो प्रतिक्रिया आउनु स्वभाविक हो । भारतको कोभिसिल्ड खोप आउदा पनि मानिसले आशंका गरेका थिए । यसमा पनि त्यस्ता कुराहरू आएकाले हल्ला तथा भ्रमको पछि लाग्नुहुदैन । खोप लगाएको तीन-चार दिन भइसक्यो अहिलेसम्म कसैलाई असर पर्‍यो भनेर केही कुराहरू सार्वजनिक भएका छैनन् । महामारीको विरुद्ध लड्न सबैले अन्धविश्वासलाई चिरेर विज्ञानलाई विश्वास गर्नुपर्छ । यो खोपको ९० प्रतिशत प्रभावकारिता छ । खोपका बारेमा विभिन्न भ्रम फैलन सक्छन त्यस्ता कुराहरूको पछि लाग्नुहुदैन । मैले कोभिसिल्ड खोप लगाएँ । 

खोप विशेषज्ञको रुपमा काम पनि गर्नु भएको छ । नेपालमा प्रयोग भएका खोपमध्ये कुन प्रभावकारी लागेको छ तपाइलाई ?

चीनबाट ल्याइएको 'भेरोसेल' खोप  भाइरसलाई मारेर बनाइएको खोप हो । भाइरसको सेललाई मृत बनाएर निर्माण गरिएकाले मेरो अध्ययनमा प्रभावकारी देखेको छु । भेरोसेल खोप एक डोज मात्र लगाएमा ६० प्रतिशत काम गर्ने र दुवै डोज लगाएमा ९० प्रतिशत काम गर्छ । तीनै खोप मध्येमा सबैभन्दा बढी उपयोगी जान्सिन खोप लागेको छ । दुवै डोजको एउटै खोपले काम गर्ने भएकाले पनि औषधिको आवश्यक तत्त्वहरू मिसाएर निर्माण गरिएको छ । पहिलोमा अमेरिकन खोप, दोस्रोमा भेरोसेल र तेस्रोमा कोभिसिल्डलाई मैले मानेको छु ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x