अनियमितता

जीतपुरसिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असार १०, २०७९ शुक्रबार १४:१ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकोजीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलगायत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जीतपुरसिमरा उपमहानगर-१६ मा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन् गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 


अख्तियारले मुद्दा दायर गरेका अन्यमा बारा कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओमशंकर प्रसाद रहेका छन् । यस्तै उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र  प्रसादसँग र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गरिएको छ । 

 


Author

थप समाचार
x