अनियमितता

गुठी कार्यालयका तत्कालीन प्रमुखसहित ३१ जनाले सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेपछि...

इकागज |
भदौ ९, २०७९ बिहिवार १८:५४ बजे

काठमाडौं – विभिन्न ओहोदाका सरकारी कर्मचारीहरु विरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी भोगचलन गराएको आरोपमा मुद्धा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्धा दर्ता गराएको हो ।

अख्तियारकाअनुसार तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसमेत ३१ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा दर्ता गरिएका छ। 


धनुषा जिल्ला पिडारी चोक र रत्नसागर मन्दिरको नामको जग्गा व्यक्तिको नाममा पास गरेको र  सार्वजनिक जग्गा भोगचलन गरेको आरोप सहितको उजुरी निवेदन अनुसन्धानका आधारमा उनीहरुविरुद्ध सजाय तोकिएको छ । 

गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता कायम गर्ने, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नका लागि गलत रायसहित टिप्पणी पेश गर्ने तथा स्वीकृत दिने समेतका गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी कार्य गराउने गरेको अनुसन्धानले पुष्टि गरेको छ । 

नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्यमा संलग्नता रहेका अन्य व्यक्ति समेतलाई बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

हेर्नुहोस् यस्ता छन् आरोप र सजायहरुः 

 


Author

थप समाचार
x