अनियमितता

घाँस खरिदमा भ्रष्टाचार गर्ने पशु विकास अधिकृतविरुद्ध मुद्दा

इकागज |
असोज ७, २०७९ शुक्रवार १७:४० बजे

फाइल तस्बिर

काठमाडौँ– पशुका निम्ति घाँस खरिदमै भ्रष्टाचार गरेको ठहरसहित सप्तरीका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगका अनुसार पशु विकास अधिकृत शिवनारायण यादवले फार्मबाट जबरजस्ती खाली बिल लिई उक्त खाली बिलमा घाँस खरिदको नक्कली विवरण भरेका थिए । उक्त घाँस कहाँ, कसलाई, के, कसरी वितरण गरियो भन्ने भरपाईसमेत पेश्की फर्छ्यौटका लागि कार्यालयमा पेस गर्न सकेनन् । फार्मका संचालकलाई ७० हजार रुपैयाँ मात्र भुक्तानी दिई घाँस खरिदका लागि १ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी आयोगको छ ।


त्यसअतिरिक्त यादवले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दबाब र प्रभावमा पारी २१ हजार रुपैयाँ घूस लिएको दाबी आयोग छ । आयोगले खाली बिल र फार्मका सञ्चालकसँग लिएको २१ हजार रुपैयाँ घूसको छुट्टै अभियोग लगाएको छ ।


Author

थप समाचार
x