अनियमितता

खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

इकागज |
कात्तिक २, २०७९ बुधबार १५:१५ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । 

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो । 


घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । 

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 


Author

थप समाचार
x