अनियमितता

राजस्व छली गरेको अभियोगमा मुद्दा

इकागज |
कात्तिक २०, २०७९ २०:११ बजे

काठमाडौँ- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजस्व चुहावट गरेको अभियोग लगाएको छ ।


विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दाबी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
ad
x