अनियमितता

त्रिभुवन जन माविका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

इकागज |
मंसिर ७, २०७९ बुधबार १५:५७ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध गैरकानुनी लाभ र हानी पुर्‍याएको भन्दै भष्ट्राचारसम्बन्धी आरोपपत्र दायर गरेको छ । 

उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्या ई रकम अनियमितता गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुसन्धानबाट खुलेको छ । 


झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार तीन सय १२ रुपैयाँ सरकारलाई हानीनोक्सानी पुर्याकएको फेला परेपछि अख्तियारले आरोपपत्र दायर गरेको हो । 


Author

थप समाचार
x