अनियमितता

सात हजार घूससहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १८:२१ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घूस रकमसहित पक्राउ गरेको हो ।


प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घूस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घूस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ ।


Author

थप समाचार
x