अनियमितता

नक्कली भ्याट बिल बनाएपछि...

इकागज |
पुस १९, २०७९ मंगलबार १६:२५ बजे

काठमाडौँराजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।    
    
विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।    
    
विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।       



Author

थप समाचार
x