अनियमितता

सशस्त्रका हवल्दार जब २० हजार घूस लिँदै गर्दा समातिए

इकागज |
बैशाख ३, २०८० आइतवार १८:१९ बजे

काठमाडौं- टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सुरक्षा वेसक्याम्प बिष्णुपुरा रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो ।


सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बुटवलबाट गएको टोलीले पुनले २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


Author

थप समाचार
x