अनियमितता

नागरिकता बनाउन झण्डै डेढ लाख रुपैयाँ घुस लिने वडाध्यक्ष र वडासदस्यविरुद्ध मुद्दा

इकागज |
पुस २९, २०७८ बिहिवार १६:४५ बजे

काठमाडौँ : नागरिकता बनाउन मात्रै झण्डै डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले स्याङ्जाका जनप्रतिनिधिविरुद्ध भ्रष्टााचार मुद्दा दायर गरेको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङविरुद्ध सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी १ लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


दुबै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा बिगो एक लाख पैँतीस हजार रुपैयाँ नै कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम सजाय अख्तियारले माग गरेको छ ।


Author

थप समाचार
x