अनियमितता

बिजुलीको पोल सार्न १ लाख ४० हजार रुपैयाँ घुस !

विद्युत प्राधिकरणको पाटन सव-स्टेशन प्रमुख पहाडी पक्राउ

इकागज |
पुस २९, २०७८ बिहीबार १८:१७ बजे

फाइल फोटो

काठमाडौँ : बिजुलीको पोल सार्न १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले नेपाल विद्युत प्राधिकरणका इन्जिनियरलाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयको जग्गामा गाडेको बिजुलीको पोल सारिदिन आग्रह गर्दा १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा प्राधिकरणको पाटन सव–स्टेशनका प्रमुख सोमप्रसाद पहाडी पक्राउ परेका हुन् ।  

उनले सुरुदेखि पोल सार्न आनाकानी गरेका थिए । पछि घुस माग गरेपछि उनले पोल सारिदिने आश्वासन दिएका थिए । बिहीबार दिउँसो सेवाग्राहीबाट घुस लिने क्रममा १ लाख ४० हजार रुपैयाँसहित  पहाडीलाई प्राधिकरणको पाटन सव–स्टेशनको कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जनाएको  छ। 


पाँचौ तहको सुपरभाइजर पदमा रहेका पहाडी विद्युत प्राधिकरणको पाटन सव–स्टेशन प्रमुख हुन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


Author

थप समाचार
x