अनियमितता

सिरम्फु सिंचाई योजनाका अध्यक्ष र सचिवविरुद्ध चार लाख रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर

इकागज |
चैत ९, २०७७ सोमवार १८:३२ बजे

काठमाडौँ : अख्‍तियार दुरुपयोग अनुसन्‍धान आयोगले सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङ्गिरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । विभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरूबाट घूस लिई भ्रष्टाचार गरेको कसूरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको प्रवक्‍ता नारायणप्रसाद रिसालले जानकारी दिए ।  

उनकाअनुसार थामी र तामाङ्गले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इन्जिनियर प्रकाश अधिकारी र सव-इन्जिनियर सुधिर कुमार साहलाई ४ लाख घूस दिएको पुष्टि हुन आएको अख्‍तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा थामी र तामाङ्गलाई बिगो चार लाख रुपैयाँ मागदाबी गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्‍तियारले जनाएको छ । 



Author

थप समाचार
x