अनियमितता

अख्तियारले नियन्त्रणमा लियो मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयका कागजपत्र

इकागज |
चैत १२, २०७७ बिहीबार २१:२४ बजे

सुर्खेत : मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयको विषयमा उजुरी परेपछि बिहीबार कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । विश्वविद्यालयको नयाँ कर्मचारी भर्नाको साथै कानुन संकायको प्रवेश परिक्षालगायतका विषयमा उजुरी परेका थिए । 


विश्वविद्यालयका कागजपत्रहरु नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । 
 


Author

थप समाचार
x