साहित्य

रञ्जित गजमेर पुस्तकका रूपमा आउँदै

इकागज |
जेठ ११, २०७९ बुधबार १०:३३ बजे

काठमाडौँ - संगीतज्ञ रञ्जित गजमेरको आत्मसंस्मरणात्मक पुस्तक प्रकाशित हुने भएको छ । नेपाल र भारत दुवै देशमा संगीतको क्षेत्रमा उल्लेख्य काम गरेका ८१ वर्षीय गजमेरको संस्मरणात्मक कृति लेखक शेखर खरेलले तयार पारेका हुन् ।

'गजमेर दार्जिलिङ, काठमाडौं र बम्बईका स्वर्णिम युगका सम्भवत: एक मात्र द्रष्टा एवं सर्जक हुन् । सन् १९६० को दशकमा दार्जिलिङबाट शुरू भएको उहाँको सांगीतिक यात्रा अनेकौं मानक र इतिहास रच्दै काठमाडौं हुँदै बम्बईसम्म पुगेको छ,' खरेलले भने,  'नेपाली मौलिक बाजा मादललाई बलिउड र सिङ्गो विश्वसामु परिचित गराउने श्रेय श्री गजमेरलाई जान्छ ।'


पुराना नेपाली सिनेमामा कालजयी संगीत सिर्जना गरेका गजमेर भारतमा बस्छन् । पुस्तक 'वी रिड' दुई महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ ।

गजमेरबारे थप जान्न तलको संर्वार्ता पढ्नुहोस् : 

ट्युन बुझ्न शब्द हुनैपर्छ, हाम्रो मान्छेहरूका लागि (संर्वार्ता)

 

 


Author

थप समाचार
x