साहित्य

सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुँदैन : पर्यटनमन्त्री

इकागज |
असोज ७, २०७९ शुक्रबार १४:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।

शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका हुन् ।


भेटका क्रममा जोशीले स्वास्थ्यलाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको र स्वास्थ्य परीक्षण गर्नुपर्ने जिकिर गरे । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमती प्रदेशले आवश्यक बजेट विनियोजन गर्ने जानकारी गराएका थिए ।

आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्ने काम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले जोशीसँग भेट गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् । सो क्रममा शाहले लोक साहित्य परिषदको अवलोकन गरेका थिए ।


Author

थप समाचार
x