साहित्य

बर्बादी टारिदिनकै लागि भएपनि मान्छे पात बन्नु पर्दो रहेछ (कविता)

इकागज |
कात्तिक १९, २०७९ शनिबार १३:१८ बजे

बार 

=====


सानो रुखलाई हामीले खुब बार लगाउँथ्यौ,

चौपायाबाट जोगाउन,

तर बा भन्दै हुनु हुन्छ;

अहिले युवालाई पनि उमेरबाट जोगाउन कम्मर पेटीको बार लगाउनु पर्छ, बाबु। 

 

पात

========

स्कूल पढ्दा सरले भन्नुभयो,

तेरो पढाइ पात जस्तो नबनाई! 

जीन्दगी बर्बाद हुन्छ।

 

त्यसपछि म घर गएँ अनि डोको बोकेर जङ्गल गएँ

जङ्गलका पातहरू बटुलेर घर ल्याएँ। 

 

त्यसपछि उता हुरीले स्कुलको धुरी उडायो

र स्कुल बन्द भयो,

यता सर भने भोको पेटको न्याय गर्न भन्दै,

पैयुँका रसिला पातहरू चाट्न थालेदेखि,

सरलाई यो बल्ल थाहा भयो;

बर्बादी टारिदिनकै लागि भएपनि मान्छे पात बन्नु पर्दो रहेछ। 


Author

थप समाचार
x