साहित्य

हराइएका मूर्तिहरूको बारेमा लेखिएको पुस्तक विमोचन

इकागज |
मंसिर १७, २०७९ शनिवार १७:२९ बजे

काठमाडौं- डोल्पाबाट हराइएका मूर्तिहरूको बारेमा लेखिएको पुस्तक विमोचन गरिएको छ ।

शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको 'पेमा र डोल्पाबाट चोरिएको मूर्ति' शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले विमोचन गरेका हुन् ।


डोल्पाबाट हराएका र चोरी हुन सक्ने मूर्तिहरूको बारेमा सचेतना जगाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । पेमालाई पात्र बनाएर लेखिएको उक्त पुस्तक डोल्पाका विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले जानकारी दिए । डोल्पामा अहिले स्थानीयहरू एकजुट भएर संस्कृति र प्राकृतिक धरोहरहरूको जगेर्ना गर्न लागिपरेको उनको भनाइ छ ।

सो अवसरमा डोल्पाली धर्म संस्कृति झल्कने चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।


Author

थप समाचार
x