साहित्य

रवीन्द्र समीरको कोरोनातन्त्र बजारमा

इकागज |
चैत ७, २०७९ मंगलबार १६:५६ बजे

लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि । कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।

कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रूपमा बुनेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीय पात्र डा.शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।


हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने विम्बलाई पुस्तकमा सन्तुलित रूपमा लेखिएको छ ।

इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजका रूपमा रहने विश्वास गरिएको छ ।​

कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो ।


 


Author

थप समाचार
x