साहित्य

शाहीको ‘समय सकस’

इकागज |
चैत ११, २०७९ शनिबार २०:५१ बजे

सुर्खेत- प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको 'समय सकस' नामक पुस्तकको लोकार्पण गरिएको छ । कर्णालीकाे राजधानीमा शनिबार लोकार्पण समारोहको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।

कोभिड महामारीका विषयलाई समेटेर पुस्तक लेखिएको लेखिका शाहीले बताइन् । ‘विश्वभर फैलिएको कोभिडले ठूलो सङ्कटको रूपमा देखा परेको थियाे । उक्त महामारीका कारण विश्वले मानवीय र आर्थिक सङ्कट एकै पटक सामना गर्नु परेको थियो । जसले विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पनि थियो,’ शाहीले भनिन्, ‘असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर पर्यो । धेरैले ज्यान गुमाउनु पर्यो ।’ त्यसैले कोरोना काल खण्ड बारेमा उक्त पुस्तक लेखिएको लेखक शाहीको भनाइ छ ।


सो पुस्तक ४ सय २ पृष्ठको रहेको छ । उक्त पुस्तकलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकार्पण गरेका छन् । पुस्तकमाथि बालरोग विशेषज्ञ डा. नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले आफ्नो भनाइ राखेका छन् ।


Author

थप समाचार
x