साहित्य महोत्सव : सर्कसको एक रूप
नेपाली साहित्य महोत्सवलाई यसपालि नजिकबाट हेरियो। नारी साहित्य महोत्सव भएको दिन म धनगढीमै थिएँ। महोत्सव कम शराद्दे खान आएका आफन्तिको भेला ज्यादा लागेको थियो।
बुढी मरि भन्ने पिर हैन, काल पल्किन्छ कि भन्ने डर हो। भयो त्यस्तै, भोलिपल्ट नै टिकापुर साहित्यिक महोत्सव गाईगुई सुनियो । लम्किका साहित्यमा रुचि राख्ने र लेख्नेहरु खुशी देखिन्थे। थारुका लोक कथा सुन्न हिंड्न थालिसकेका थिए। कसरी थारु समुदाय आफ्नो कथा भन्न सक्छन् ? उपाए पनि खोजिरहेका थिए। दोस्ताज र एमपी कतै नबोलिएको बोली खोजी रहेका थिए।
'दुनियाँमा खोज्न बाँकी के छ र?
दुनियाँमा खोज्न बाँकी छ नबोलिएको बोली।'
एमपीको शेर हो यो।
एक दिन एमपी टिकापुर पनि पुगेका थिए। मलाई चाहिँ यी महोत्सव पहिले पहिले सर्कस लाग्थ्यो नि गाउँ घरमा, जहाँ जोकर हुन्थ्यो। त्यस्तै लाग्छन् साहित्य महोत्सव।
"बिरालाले चल्ला सारे जस्तो सार्छन्।" एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन्। उहि अनुहार दोहोरिरहन्छ एक सेसनको वक्ता र बाँकी सेसनको स्रोता बन्ने सर्तमा। सबै गजलकारको अनुहार एउटै हो कि साहित्य महोत्सवमा उहि गजलकार बोलाइने हुन या कुरा के हो खासमा?
एक दिन एमपीलाई सोधें, " तम्रा बुकको पन कार्यक्रम राख्ने हुन कि?"
- "क्या प हर्ने हुन, हरे पन म त मेरा पात्रलाई उभ्याउनिउँ।"
-"राखन्नान्।"
एमपीसँग कुरै हुन्न। अर्को कोही आए हुने हुन कुरा पनि। त्यसकाे भोलिपल्ट एमपी साहित्य महोत्सवको के सल्लाह सुझाव दिने कार्यक्रममा गएका थिए।
घर पुगेर मिन्झारीलाई हेरें। नेपाली आख्यान जगतमा एक छुट्टै र नौलो प्रयोग देखा परेको छ। बड्कोको कथा हरेक अध्यायको माथिल्लो भागमा सुरु हुन्छ।
अध्यायको माथिल्लो भागमा अंकल र बड्को संवाद गरिरहेका छन्।
बड्को :- एक दिन मालिकले हातमा हँसिया लिएर मेरो अगाडि आयाे र तेरो पाईन्ट खोल भन्यो।
अन्कल :- त्यसपछि के भयो बड्का?
बड्को :- भनें त मालिकले तेरो पाईन्ट खोल भन्यो।
हातमा आँसी लिएर आएको मालिक कमैयालाई पाईन्ट खोल भनिरहेको छ। त्यस पछि के हुन्छ होला?
मालिकको हातमा आँसी छ। कमैयालाई पाईन्ट खोल भनिरहेको छ। त्यस अघि के भएको थियो त्यसपछि के हुन्छ त्यो बड्कोलाई मात्रै थाहा छ। जसले अपूर्ण नामकाे पात्रलाई मात्र भन्छ। अपूर्ण र बड्को पात्रको संगतमा माया प्रेमको कुनै स्थान छैन, उपन्यास भरी। तर उपन्यासका हरेक अध्याय उनीहरुको संवादबाट सुरु हुन्छ। अचम्म के छ भने उपन्यासको कथामा बड्को र अङ्कलको एक पल्ट पनि संवाद भएको छैन। एक्ला एक्लै भेट भएको छैन। तर यो रहस्य एक दिन आफै खुल्छ।
यस्ता घटना उपन्यास भरि छन्। आधा अपुरा। कुनै पनि पात्रको कथा पुरा छैन। किनकि यो युवाहरूको कथा हो। र कथा पुरा नहुनुको कारण पाठकलाई आफै थाहा हुन्छ। मज्जा त्यहीँ निर आउँछ।
एमपी मेरो साथी हो। त्यही भएर पनि मिन्झारी पढ्न मन लागेको थिएन। उपन्यास भरिका गीतको सिर्जना पनि मैले नै गरेको हुँ। कथा के हुन्थ्यो मलाई थाहा थिएन। ऊ उर्फ महेन्द्र एउटा सिन दिन्थ्यो। यसमा देउडाका गीत बन्नु पर्यो भन्थ्याे। गीतको प्लट यस्तो हुन्थ्यो, मैले हर कोशिश गर्दा पनि हुनुपर्ने भएन। त्यसैले त तेस्रो लिङ्गी होस् यो स्वीकार। तेस्रो लिङ्गीलाई तँ तेस्रो लिङ्गी नै भएको कारणले छोडेको हुँ अरु कुनै कारण छैन। म कहाँ यस्तै प्लट आइपुग्थे। त्यसैले प्लट माथि देउडा मैले लेखेको हुँ। तर यस्तो कथामा आउँछन् सोचेकै थिएन।
उपन्यास सकियो तर एमपीले लेख्यो चाहिँ के यो? लेखक कहिल्यै नराम्रो लेख्दैन। 'लेखक र पाठक बीचको तालमेल मात्रै नमिल्ने होध,' एमपी भन्छ। तर मिन्झारीमा उसकाे र मेरो तालमेल मिल्यो।
कवि दोस्ताजले मिन्झारी पढेको दिन लेखे,
'न तिम्रो सत्य, न मेरो सत्य।'
मिन्झारी सत्यको कथा हो। यसकाे अर्थ मैले यसरी लगाएँ, 'न थारुको कथा, न पहाडीको कथा, मिन्झारी हाम्रो कथा हो।'
"मिन्झारी" थारु समुदायका बारेमा मात्र नभएर दास्वत्व कस्तो हुन्छ भनेर देखाइएको कथा हो। कमैया प्रथा भोगिआएका मालिक र कमैया दुबै वर्गले महसुस गर्छन्। उपन्यासले के बोलिरहेको छ भन्नेमा। हिजोका मालिकले यो मिन्झारी पढे भने आफ्नो गल्ती कहाँ निर थियो भन्ने महसुस गर्दछन्।
मिन्झारीको एउटा प्रसङ्ग झलझली आँखामा आउँछ। स्वाउल्यान छोट्की एक रुखो स्वभाव भएकी आइमाई छिन्। उनकाे अनुहार जिउ डालको कुनै ब्याख्या छैन मिन्झारीमा। तर उसकाे प्रेमले पाठकलाई भावुक बनाउँछ।
त्यो प्रेम। प्रेमको खाडल आफ्नै अगाडि होस् भन्ने चाहन्छ। त्यो पनि मान्छे जलाउने प्रथा मान्ने मालिक सँग। यहाँ प्रेमको अलौकिक रुप देखिन्छ। यसै प्रसङ्गमा मालिकले भन्छ, 'खेतमा लास गाडे, खेत बाँझै राख्नु पर्छ।"
एउटा समुदाय लास गाड्छ अर्को समुदाय लास जलाउँछ। कस्ताे जटिल सामाजिक संरचना? त्यही जटिल संचनाको एक अंश हो, मिन्झारी।
रुखाे स्वभावकी स्याउल्यान छोट्की रुँदै भन्छ, 'उसकाे खाडल म सधै हेर्न पाउँथे।'
प्रेम के हो? भौतिक कि आध्यात्मिक? सोच्न बाध्य बनाउँछ। मिन्झारी नामकाे सिक्काका एकपट्टीकाे प्रेम यस्तो छ भने अर्को पट्टी धाेका दिने स्वार्थी प्रेम छ।'
तर म पात्र र केशरीको प्रेमको लयमा तपाईं पनि देउडा गाउन थाल्नुहुन्छ।
सिमलिको छाया पढ्यो, मध्य दिनका धुपले।
मन बिगाडि डाँफे बन्यो, रौतेलीका रुपले।।
न मैले कोपिला टिप्नु, न फुल पैरनु।
जो दु:ख दैवले दियो, सो दु:ख सैरनु।
विश्वमा यस्तो पनि स्वास्थ समस्या रहेछ कि कुनै महिलाको यौनीद्वार बन्द हुन्छ। ऊ स्त्री नै हो। नेपालको दुर्गममा त्यस्तै समस्यासँग लडिरहेकी युवतीको कथा हो, मिन्झारी। त्यस्तै मान्छेको आधुनिक प्रेम हो मिन्झारी। जब उसकाे विपरीत पात्रलाई उसकाे सोध्छ, 'किन मलाई प्रेम गर्न छोड्यौ भन्दा। प्रेमिकाले उत्तर पाउँछ;
'एक खेतका दुई कुनिया, दश भाई लागी माडे।
धान भन्दा परालै पाइनँ त्यही भएर छाेडें।'
यति कठोर उत्तर कसरी दिन सक्छ एक प्रेमी? त्यो सोच्दै गरौंला। पहिला देउडाको जादुगरी प्रयोग कसरी गरियो हेराैं।
यसकाे सामान्य अर्थ हुन्छ, 'धानका दुई दुई वटा कुनिया दाउदा पनि मैले न पराल पाएँ न धान।'
अब उपन्यासमा पात्रले भन्न खोजेको कुरामा जाउँ, 'एक खेतका दुई कुनिया। यहाँ स्त्रीको शरीरलाई खेत र दुई स्तनलाई धानका दुई कुनिया भनिएको छ।' दश भाई लागि माडे, 'दश भाई भन्नाले दुई हातका दश औंलाले दाउने काम गरेकै हुन।'
धान भन्दा पलाटो पाइनँ त्यही भएर छोडे, 'पलाटो भनेको भित्र चामल नभएको धान। पलाटो भकारीमा पुग्दैन। तँ पनि पलाटो नै होस्। माथि उल्लेख गरेको स्वास्थ समस्या भएकी पात्रले आफ्नो प्रेमीबाट यो उत्तर पाउँदा।
त्यसपछि पाठककाे घृणा बढ्दै जान्छ। एउटा पुरुष एउटा महिलालाई बाहिरबाट हेरेर मात्र राम्रो मान्दैन। पुरुषलाई बा पनि बन्नु छ। अहम्को एक लडाइँ पनि लड्नु छ। पुरुषको त्यो अहम् उजागर गर्छ, मिन्झारीले।
एक दिन एमपी लाई सोधेको थिएँ, 'प्रेमका भिन्न भिन्न दुई पाटा किन देखाएको? मिन्झारी नपढेका साथीहरुका लागि, मिन्झारी एक लभलेटर हो?"
उसकाे उत्तर थियो, "मैले चित्र हाेइन, मेरो समाजको चरित्र लेख्ने गरेको हुँ। लेखियो लेखिएन थाहा भएन।" पात्र कमल काका सम्झिन्छु मलाई लाग्छ चरित्र लेखियो।
दाइजो र अनुहार/व्यवहारको सम्बन्ध कस्तो छ समाजमा? एउटा पात्रले भन्छ, "सर उसकाे थोपडा देख्नु भयो नि यो सँग मैले दाइजो नलिएरै बिहा गरेको हुँ।" उपन्यासमा दोहोरिरहेको छ, यो वाक्य। दोहोर्याउनु समाजको चरित्र हो भने त्यो पुरा आएको छ, मिन्झारीमा।
प्रेमलाई भुलाउन सक्ने र जीवन जलाउन सक्ने सबैभन्दा ठुलो विकल्प हो, पैसा। त्यसपछि मिन्झारीमा सुरु हुन्छ पैसाको कथा। नेपालमा वर्तमान परिस्थिति संचालनमा रहेको ठेक्का पट्टाका काम कसरी गरिन्छ भन्ने कुराको स्थानीय रुपमै देख्न पाइन्छ। कर्मचारीतन्त्रले कसरी चलाई रहेको छ, देश? भन्नेहरुका लागि गतिलो उदाहरण मिन्झारीमा देख्न पाइन्छ। संघीयताको प्रत्यक्ष फाइदा कसले लिइरहेको छ, सब खुल्छ।
मिन्झारी उपन्यास फरक किन छ भने नेपालमा चलिरहेको भेगीय राजनीति कसलाई भनिन्छ? त्यसको उदाहरण छ। कर्णाली वारी र कर्णाली पारी। के टिकापुर साहित्य महोत्सवमा मिन्झारी माथि पनि त्यही भएको हो? यदि भित्री उद्देश्य त्यस्तै केहि हो भने यस्ता कार्यक्रमले समाजको सदभाव बिगार्छन्। कम्तिमा सर्कसले सामाजिक सदभाव त बिगार्दैनन्।
कथाको आधार भूमि थारु समुदायलाई इंगित गरेपनि नेपालमा भएका तमाम समस्या जस्तै, कमैया व्यवस्थापनको मुद्दा, शिक्षाको मुद्दा, स्वास्थको मुद्दा, एलजीबीटीक्यूको मुद्दा, त्यो पनि गाउँलाई मध्य भागमा राखेर। रोजगारको मुद्दा, दाइजोको सबै मुद्दा उठेका छन्। किनकि यसमा समाज लेखिएको छ।
हो मिन्झारीमा कतिपय शब्द र कतिपय भाषिक कठिनाई छन्। माथिल्लो अनुच्छेदमा सरर नेपाली बगेको बेला तल्लो अनुच्छेदको थारु वा अछामी भाषा आउने हुनाले यसो भएको होला। आञ्चलिकता लेखिदा यस्तो हुने गर्छ। मेरो व्यक्तिगत अनुभव।
म सुदुर पश्चिमको मान्छे भएर पनि होला म देउडा सम्राटहरुका अन्तर्वार्ता हेर्छु। देउडाले बोलेको राजनीतिक, सामाजिक चेत यहाँ छ भनेर कहिल्यै भनेको सुन्दैन। तर मिन्झारीमा एउटा लाईन यसरी बोल्छ;
'दाई धुने नाइँ, म फुनेनाई, बा बस्नेनाई गोल।
चाँदी छाप राजको उहि हो, जति बोल बोल।।
पैसा बनाउने कारखानाको मेसिन मेरा बा चलाउनु हुन्न। म आगो फुने काम गर्दैन। मेरो दाइले होइन पैसा सफा गरेको होइन। यो चाँदीमा लागेको छाप पनि उही राजाको हो। बाँकी नबोलौं।
खोटा ( नचल्ने ) पैसा बटुलेर कर बुझाउँदा देउडाको सहायता लिएर यसो भनिएको थियो। यो प्रसङ्ग चाहिँ जबरजस्ति कोचेको जस्तो मलाई लागेको हो। तर देउडाको चेत देखाइएकाले स्वीकारेँ। यो कुरा एमपीलाई पनि थाहा छ।
श वर्षे गृहयुद्धमा देश फसेको बेला कतै पुँजी निर्माण भयो होला र? त्यो बेला पुँजी निर्माण यहाँ भएको थियो र कसरी भएको थियो भन्ने कुरा पढ्न पाएको यही मिन्झारीमा हो। युद्धका कथाका नाममा पाठकलाई यातना र त्रास मात्रै बेचिरहेका बेला, युद्धको अलि फरक शैलीको कथा जोडिन्छन्। गृहयुद्धमा कस्ता कस्ता मान्छेले पैसा कमाए र कसरी कमाए भन्ने कुरा पनि मिन्झारीमै पढ्न पाएँ। हुनत म खासै नपढ्ने मान्छे पनि हुँ।
कमल काका यस्ताे चलाक पात्र गाउँका युवाहरूलाई उस्काएर माओवादी बनाउँछ र आफू व्यापार गर्छ। युद्धमा युवा राजनीतिक चेत र परिवर्तनका लागि गएकि यसै उत्साहित भएर गए कि? एक सोच्दै नसोचिएको प्रश्न उठाएको छ, मिन्झारीले।
राम शङ्कर भैयाले गाँजा खाइरहेको दृश्य दोहरिरहन्छ। बोलेका शब्द दोहरिरहन्छन्। टिकापुरमा हिंडेको डल्लप दोहाेरिरहन्छ। रिपिटेसनको त लाइन नै छ, उपन्यास भरि। बेला बेला सोच्छु यी सब रिपिटेसन काटे बुक नम्बे पानाको बन्छ। लगत्तै लाग्छ हिजो र आजमा भिन्नता देखाउन यो भन्दा मज्जाको तरिका के होला? स्याउल्यान छोड्को टिकापुरबाट अघिल्लो पल्ट जस्तरी नै घर पुग्छ र पुग्नासाथ भन्छ, 'बजै गाईको घ्यु छ?" "किन चाहियो ?" अर्को पात्रले उत्तर दिन्छ, "आज कल्लुलाई भट भट कुट्यो।"
रिपिटेसनको अन्त्यमा जे आउँछ उसले एक चोटी सोच्न बाध्य बनाएको छ। कमैयाको दिनमा पनि फेरबदल हुन्छ। फेरबदल भएकै दिन स्पष्टसँग देखिन्छ कमैया प्रथा के थियो भन्ने।
समग्रमा मिन्झारीले समाजमा हुने खाने, गनिने मानिने, बुद्धिजीवी वर्गहरुले नै थिचोमिचो र बेश्यावृति गरिरहेका छन् भनेर सरल भाषामा प्रष्ट पारेको छ।
नेपालको मौलिकतामा पाइन तर नचिनिने मौलिकताको उजागर गरेको छ। मिन्झारी दिमागमा खण्ड खण्ड भएर बस्छ। कतै प्रेम, कतै समाज, कतै दु:ख, कतै सुख, कतै घृणा, कतै मालिक, कतै नोकर, कतै गँजेडी, कतै जड्याहा, कतै कर्मचारी, कतै भष्टचारी, कतै विद्यार्थी र शिक्षकको चरित्र, कतै होटेल, कतै मन्दिर जलेको त कतै जलेकाे टिकापुर।
टिकापुर पेरिफेरिमा पहाडी समुदायबाट थारु समुदायलाई हेर्ने दृष्टिकोण प्रष्ट पारिएको छ। मिन्झारीको एक प्रसङ्ग जोड्छु यहाँनेर।
-"सर तपाईंसँग बस्ने थारु नै हो है? विचार गर्नुहोला है। रातभरमै चट पारिदेला थारु बैरीले।"
मिन्झारीको एउटा फरक स्वाद नै के हो भने। यहाँ कुनै पात्र पुरै ठिक र पुरै बेठिक छैनन्। तपाईंलाई पात्र याद हुनेछन् तर खत्रा गर्यो भनेर हैन। कस्तो पात्र है? उसकाे बानी व्यहाेरा याद आउनेछ? सायद चरित्र लेख्नु भनेको यहि होला।
हुन त नेपाल हो पहुँचमा भएकाका बुकहरु उत्कृष्टमा आउने गरेको पनि देखिन्छ। तर समय परिवर्तनशील छ। आगामी दिनमा त्यसो नहोला, नहोस् भन्दै आफ्नो ठाँउ बनाउने नै छ। मिन्झारीमा क्षमता, कर्म, धर्म, क्रान्तिकारी, परिवर्तनशील समाज परिवर्तनको नयाँ रुपरेखा देखाएको छ।
टिकापुरमा यस्तो पनि घटना घट्यो। कि टिकापुरमा जसले मिन्झारी बेचिरहनु भएकाे छ, उहाँले आउने सय ग्राहकलाई यस उपन्यासमा टिकापुरको कथा छ भन्दा नेपाली साहित्यको व्यापार बढ्थ्यो होला नि। तर मिन्झारी लुकाए।
साहित्यिक महोत्सव एक सामाजिक पुजा हो। पुजामा जान निम्तो चाहिँदैन। यही सोचेर साहित्य महोत्सवमा जाने निर्णय गरेको थिएँ। २५ गतेकै दिन जसले टिकापुरमा मिन्झारी बेचिरहेका थिए। उनले टिकापुर साहित्य महोत्सवमा भएको किताब स्टलको फोटो राखे, मिन्झारी बिनाको। उनले कमेन्टमा र्याकका सबै बुक फोटोमा राख्न नसक्ने भने।
बजार कसकाे हातमा छ? टिकापुर माथि लेखिएको भनिएको किताब माथि यो राजनीति हो कि होइन? यस्तो कार्यक्रममा त टिकापुर माथि लेखिएका सोचिएका भोगिएका कुरा आउनु पर्थ्याे। टिकापुर घटनामा लागेको घाउ आज पनि दुखिरहेको छ। त्यसलाई ड्रेसिङ गर्न त अलिकति सहि, यस्ता उपन्यास मल्हम बन्न काम लाग्थे।
तर यहाँका साहित्यिक महोत्सव कस्ता छन्। सर्कस जस्ता। माथि कुरा गरिसक्यौं।
साहित्य महोत्सवको उद्देश्य के हुन्छ? लेख्दै गरेको, बाह्रखरी कथा प्रतियोगितामा दुई दुई पल्ट उत्कृष्ट कथामा महेन्द्र परिसकेको जस्तो लाग्छ मलाई। नेपाली गजल क्षेत्रबारे म त्यति चासो त राख्दिनँ तर आफ्नो वरिपरिका धेरै साहित्यकार गजल लेख्ने हुनाले कहिलेकाहीँ सुन्छु।
बहर गजल र गैर बहर गजल दुई थरिका छन्। यी दुई थरि गजलकार मध्येको गजलकार के लेख्छ भनेर चिनाउँदा अरु सबै गजलकार गजल लेख्छन् भनेर चिनाइँदो रहेछ भने एमपीलाई एक अक्षरिया गजल लेख्छ भन्दा रहेछन्। गजलमा एक अक्षरियाको कुरा आयो भने एम पी को नाम आउँदो रहेछ। गजल माथिका धेरै स्वाद पत्रमा एक अक्षरीय एमपीसँग जोडिएर आउँदो रहेछ। कथा लेख्नु, उपन्यास लेख्नु, मदन पुरस्कार पाउनु सानो कुरा होइन। तर कुनै विधासँगै नाम जोडिएर आउनु फरक कुरा हो। नेपालमा गजलको स्तर जति बढ्दै जानेछ। महेन्द्र उपाध्याय त्यति खोजिने छ। नेपाली गजल गोरेटो मात्रै थियो। एक अक्षरीया गजल लेखेर गजलको बाटो महेन्द्र खनेको हो भन्छन् है, गजलकार। त्यो इतिहासले खोज्ला नै।
मिन्झारी जुन उपन्यासको पृष्ठभुमिमा नै टिकापुर छ। एउटा सेसनको कन्सेप्ट नै उसकाे रहेछ भने महेन्द्र उपाध्याय साहित्य महोत्सव बाहिर कसरी रह्यो? पैंचो तिर्दा, रवाफ देखाउँदै गर्दा, कि उठेको पैसामा चासो राखिदेला भनेर?
पाठकलाई लाग्न सक्छ, महेन्द्र उपाध्याय को हो र किन ल्याउनु पर्यो। हो महेन्द्र उपाध्याय को हो र ? महेन्द्र उपाध्यायको कुरा नै होइन, यो त साहित्य महोत्सव गर्नेको चरित्र हो। यो रगत खाने गाइको चरित्रको कुरा हो।
यस्ता कार्यक्रमको उद्देश्य के थियो? किन टिकापुरमै बसेर कलम चलाइरहेका साहित्यकार आउन मन गरेनन्? कार्यक्रममा आयोजक कमिटीका सदस्यको बोली हार्न नसकेर आएका हजुरहरुका नातेदार बाहेक अरु गए होलान र? दोस्ताज, मदन, अटल, डिपी दोभानलाई पनि लम्कि तिर नै देख्थें। एमपी काठमाडौं गैसकेका थिए।
साहित्यिक कार्यक्रमका आयोजक हेर्यो भने नाम चलेका लेखक मात्रै छन्। उहाँ जस्तो दिग्गज हाम्रो भूमिमा टेकिदिनु। हाम्रो समस्या लेखिदिनु। हाम्रा बारे बोलिदिनु नराम्रो भनेकै छैनौं। नेपाली साहित्यले राजनीतिलाई लिड गर्न सक्ने अवस्था कहिले आउँछ? आज पनि हिजो जस्तै राजनीति गर्यो भने फरक स्वाद लिएर आएकाको घाँटी निमठ्नका लागि यस्ता कार्यक्रम नगरियोस् भन्ने अनुरोध गर्दछु। अवस्था यस्तो आइसकेका छ कि, "भनौं त मुखियाकाे छोरो, नभनौं त खुर्सानी चोर्यो।"
मलाई त लाग्थ्यो टिकापुर माथि लेखिएका शेर पोस्टरमा कतै आउँछन् होला भनेर। जसमा एमपीकाे यो शेर पनि आउँछ लाग्थ्यो।
"टिकापुर" कसैलाई भनिस् कि भनिनस्।
खाँदै गरेको थियो बदाम हाम्रो पनि।
अन्त्यमा मिन्झारिलाई बधाई तथा शुभकामना छ र लेखक महेन्द्र उपाध्यायलाई आगामी यात्राको समेत शुभकामना छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया