साहित्य

राष्ट्रिय कविता महोत्सवमा कविता राईको कविता प्रथम

इकागज |
असार ९, २०७८ बुधबार १६:४९ बजे

काठमाडौँ : ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा सहभागी ४१ प्रतियोगी कविहरूमध्ये भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवका उपलक्ष्यमा बुधबार भर्चुअल माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा राईको कविता प्रथम भएको हो । 

प्रतियोगितामा धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ कविता द्वितिय भएको छ । त्यस्तै कविहरू ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ कविता, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ कविता र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ कविता गरी तीन कविता तृतीय भएको छ । 



Author

थप समाचार
x