साहित्य

राउटे युवाको कथामा वाग्लेको ‘कदम’

इकागज |
असार २०, २०७८ आइतबार ११:२० बजे

काठमाडौँ :  लेखक तथा पत्रकार अनन्त वाग्ले लिखित उपन्यास ‘कदम’ सार्वजनिक भएको छ । उपन्यासमा राउटे समुदायको कथा प्रस्तुत गरिएको छ । 
बालसाहित्य र किशोर साहित्यका पुस्तक प्रकाशित गर्दै आएको काठमाण्डु पब्लिकेशनले पुस्तक प्रकाशन गरेको हो ।

पब्लिकेसनले आफूहरूलाई ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान पुस्तक प्रकाशित भए पनि यसबारे सम्भवतः यो पहिलो आख्यान भएको दाबी गरेको छ । । 


राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायत जिल्लाका जंगलमा ठाउँ सर्दै सर्दै बस्ने गर्छन् र यो समुदायलाई एसियाकै अन्तिम फिरन्ता भनेर पनि चिनिन्छ । स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जिविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लामो समयको मिहिनेतका साथ वाग्लेले यो आख्यान तयार पारेका हुन् ।

 बाल तथा किशोर साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन र सयौँ पुस्तक सम्पादन गरेका वाग्लेको यो पहिलो उपन्यास हो । यसअघि हाम्रो प्रकाशनबाट प्रकाशित उहाँको किशोर उपन्यास ‘यार्चा’ नेपालका ५ सयभन्दा बढी विद्यालयमा सन्दर्भ सामग्रीको रूपमा अध्यापन गराउने गरिएको छ ।

समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेले ‘कदम’ मा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाएका छन् । पुस्तकले साहित्य र शिक्षाका अलावा आम मानिसलाई आशा र सफलतातिर उन्मुख गराउन मोटिभेसनको समेत काम गर्ने अपेक्षा लेखकको रहेको छ । ३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैँया रहेको छ । लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने वाग्लेले बताएका छन् ।  


Author

थप समाचार
x