साहित्य

रवीन्द्र मिश्रले पार्टीलाई दिए आफ्नो किताबको पैसा

इकागज |
असोज ११, २०७८ सोमबार १५:३२ बजे

काठमाडौं -  विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए ।

लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व (१२ लाख रुपैयाँ) चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए ।


कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए । ‘यो पुस्तक बजारका लागि खुसीको विषय हो । हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने । 

निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवम् देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, राजनीतिसँगै राजकाज ।

 


Author

थप समाचार
x