साहित्य

उषा हमालको भिक्षु-प्रेम सार्वजनिक

इकागज |
मंसिर १७, २०७८ शुक्रवार १९:८ बजे

काठमाडौँ - उषा हमालको नियात्रा कृति ‘भिक्षुसँग प्रेम’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्य, कवि तथा निबन्धकार श्यामल र लेखक डा. अर्चना थापाले आज संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित लोकार्पण समारोहमा पुस्तकबारे बोल्दै समीक्षक श्यामलले नियात्रामा महिलाहरू एकदमै कम रहेको अवस्थामा सुन्दर कृति आएको बताए । 

समालोचक डा. अर्चना थापाले पुस्तक भावप्रधान, संवेदनाप्रधान रहेको बताउँदै कृति स्थानयात्रा र स्मृतियात्रामा केन्द्रित रहेको बताइन् । चिन्तक नीलाम्बर आचार्यले कृति जिल्लास्तरीय वा प्रदेशस्तरीय नभई राष्ट्रियस्तरको रहको बताए । 


कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्राध्यापक जगत् उपाध्याय प्रेक्षितले लेखकलाई शुभकामना दिएका थिए । लेखक हमालका यसअघि ‘सागओल अजरबैजान’ यात्रा कृतिका साथै ‘क्यानभास नपाएका चित्र’, ‘समय समुद्र’जस्ता कविता कृति प्रकाशित छन् । 

‘स्कुलभित्र स्कुलबाहिर’ शैक्षिक निबन्धसंग्रह पनि लेखेकी हमालका बालसाहित्यका छओटा पुस्तक प्रकाशित छन् । १० वटा निबन्ध समेटिएको ‘भिक्षुसँग प्रेम’ शिखा बुक्सले प्रकाशन गरेको हो । 
 


Author

थप समाचार
x