साहित्य

एसियन पोएट्रीमा नेपालका १४ कविका कविता छानिए

इकागज |
पुस १८, २०७८ आइतबार ११:० बजे

काठमाडौँ - एसियन पोएट्रीमा नेपालका १४ कविका कविता छानिएका छन् । १२ देशका १४४ कविका कवितामध्ये नेपालका १४ कविका कविता छनौट भएका हुन् । 

नेपालबाट १५ कविले कविता वाचन गरेको भिडियो रेकर्ड गरेर एसियन पोएट्रीका लागि पठाएका थिए । जसमध्ये एक जनाको भिडियो क्लियर नभएकाले छनौट गर्न नसकिएको बताइको छ । बाँकी १४ जना कविको कविता छानिएको एसियन पोएट्रीका साहेव खण्डारेले जानकारी दिएका छन् । 


नेपालबाट सिन्धुपाल्चोकका अमित घिमिरे, अतख निरन्जन लोहार, बिमला चन्द सानु, गायत्री देवी तिमल्सिना, गोमा भट्टराई, नम्रता उप्रेती, पार्वती भट्ट, प्रतिमा पाखरेल, शारदा घिमिरे, श्रद्धा आचार्य, सुमित्रा पाठक, सुशीला पौडेल, तिला लेकाली र योगेन्द्र तिमल्सिनाका कविता छानिएका हुन् । उनीहरुलाई एकहप्ता भित्र कविता ब्रोडकास्टिङका लागि जानकारी गराउने उल्लेख छ । 


Author

थप समाचार
x