साहित्य

डा. सुमनको ‘पनौती : अ माइथोलोजिकल स्केच’ सार्वजनिक

इकागज |
पुस १९, २०७८ सोमबार १३:३७ बजे

काठमाडौँ - अंग्रेजी वर्ष २०२२ को पहिलो दिन डा. सुमनराज ताम्राकारको १३ औं पुस्तक ‘पनौती ः अ माइथोलोजिकल स्केच’ को काभ्रे संस्करण पनौतीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार एवं जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, पनौती साहित्य समाजका रामसुन्दर देउजा, रोटरी क्लब अफ पनौतीका अध्यक्ष ई. सितू सैंजू एवं लेखकका पुत्रद्वय वसन्त र प्रशान्त ताम्राकारले संयुक्त रुपमा उक्त पुस्तक लोकार्पण गरेका थिए ।

पनौतीका प्राचीन कथाहरु र किंवदन्ती समेटिएको उक्त पुस्तक अंग्रेजी भाषामा लेखिएको छ । उक्त कार्यक्रममा रोटरी क्लब अफ पनौती सचिव तथा यस पुस्तकका अनुवादक विष्णुमणि अधिकारीले लेखकले विश्वास गरेर अनुवाद गर्ने जिम्मा दिनुभएकोमा धन्यवाद दिँदै अंग्रेजी भाषामा प्रकाशन भएको कारण यसको व्यापकता बढ्ने धारणा राखेका थिए । वरिष्ठ साहित्यकार मोहन दुवालले पनौती भेग साहित्यको दृष्टिले पनि मलिलो ठाउँ भएको र यहाँबाट निरन्तर रुपमा कृतिहरू प्रकाशनमा आइरहेकोमा खुसी व्यक्त गरे ।


यसैगरी रोटरी क्लब अफ पनौतीका अध्यक्ष सितू संैजूले अहल्या, योमरी, विचारपाटीका कथा जस्ता उजागरमा ल्याउनु पर्ने कथाहरु यसमा समेटिएकोमा खुसी गरिन् । पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले चिकित्सा जस्तो संवेदनशील पेसा गरिरहेर पनि साहित्य सिर्जनामा निरन्तरता दिइरहेकामा लेखकको प्रशंसा गरेका थिए । पनौती घुम्न आउने तथा पनौतीमा रुचि राख्ने अन्तर्राष्ट्रिय पर्यटक एवं पाठकहरूलाई लक्षित गरेर अंग्रेजी भाषामा प्रकाशनमा ल्याएको कुरा लेखक÷प्रकाशकले जानकारी गराएर चाँडै नै यसैको राष्ट्रिय संस्करण पनि प्रकाशनमा आउने जानकारी गराए ।


Author

थप समाचार
x