फिचर

बूढानिलकण्ठमा रावतको हत्या आरोपमा दुई जना पक्राउ

बुढानीलकण्ठमा-रावतको-हत्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडौं – काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानीलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो ।

प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।



Author

थप समाचार
x