फिचर

धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

धाउने-बालुवा-देउखोला-सड

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडाैँ – रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम सडकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो ।

यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ करोड ६७ लाख छ हजार ३९७ मा ठेक्का लिएको हो । विसं २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक कालोपत्रको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६, भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगङ्गा गाउँपालिकाको १४ नं वडा पर्छ । यस ठाउँमा दशैँ–तिहारलगत्तै काम सुरु भएको हो ।

अहिले पर्खाल लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम भइरहेको लामा कन्स्ट्रक्शन कम्पनीका सबकन्ट्याक्टर पासाङ शेर्पाले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधिभन्दा अघि नै सडक कालोपत्र सक्ने गरी काम चलिरहेको कम्पनीका सबकन्ट्याक्टर शेर्पाले बताए।



Author

थप समाचार
x