फिचर

आज देशभरि थपिए १ सय ९४ जना काेभिड संक्रमित

आज-देशभरि-थपिए-१-सय-९४-जना-क

इकागज |
फागुन २४, २०७८ मगलवार १८:७ बजे

काठमाडाैँ – नेपालमा थप १ सय ९४ जनामा काेभिड-१९ पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ ।

हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।



Author

थप समाचार
x