संगीत

मौसमको निर्देशनमा पुष्प र जुनाको ‘जोर धाराको पानी’

इकागज |
जेठ १३, २०७९ शुक्रबार १५:४७ बजे

काठमाडौँ - गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण देवकोटाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने  विश्वास गायक देवकोटाको छ ।

यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । मौसमले भिडियोलाई गीतको मर्मअनुसार नै पर्दामा उतारेका छन् । मौसमको निर्देशकीय क्षमतासमेत भिडियोमा देखिएको छ ।


भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासले नृत्य गरेका छन् । दुवै जनाको जोडी पनि गज्जबले जमेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

 


Author

थप समाचार
x