संगीत

‘मेरो डान्स कप यूएसए–४’को निर्णायक संचिता

इकागज |
जेठ ३१, २०७९ मगलवार ११:११ बजे

काठमाडौँ-  नेपाली फिल्म क्षेत्रमा ‘अप्सरा’बाट प्रवेश गरेकी नायिका संचिता लुइटेल विगत केही बर्षदेखि पारिवारिक जीवनमा बढी व्यस्त छिन् । केही फिल्ममा काम गर्नुवाहेक संचिताको व्यस्तता पारिवारिक जीवनमा नै बढी देखिएको छ । तर, अब उनी एक रियालिटी शोको निर्णायक बन्ने पक्का भएको छ ।

इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२’को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । संचिता ‘मेरो डान्स कप यूएसए–१२’को निर्णायक बन्ने पक्का भएको हो । ​नयिका संचिता लुइटेलले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुसी लागेको बताइन् । 


यस्तै, संचितासँग संझौता गरेपछि उत्साहित हुँदै इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष संजित भण्डारीले चर्चित नायिकालाई शोमा भित्राउन पाउँदा आफूहरु उत्साहित भएको बताए । उनले भने–‘संचिताजी नेपाली फिल्मको लोकप्रिय नायिका हुनुहुन्छ । उहाँको अभिनय र नृत्यले दर्शकको मन जितेको हो । यसैले, उहाँसँग काम गर्न पाउँदा हामीले शोको गरिमा पनि बढ्ने विश्वास गरेका छौं ।’

ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा संचिता जोडिएपछि अब ६ जना निर्णायकले प्रतिस्पर्धीको प्रतिभाको मुल्यांकन गर्नेछन् । यो शोको निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई र संचिता लुइटेल छन् ।


Author

थप समाचार
x