संगीत

'राधा प्यारी'मा  प्रिन्ससँग खुलिन् गरिमा

इकागज |
असार ४, २०७९ शनिबार १२:४५ बजे

काठमाडौँ - गायक सुरेन चन्द ठकुरी र गायिका प्रतिमा केसीको स्वर रहेको 'राधा प्यारी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको गीतमा एरेन्ज विश्व अधिकारीको रहेको छ । किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयमकै रहेको छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । इनाक्छी इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

 



Author

थप समाचार
x