संगीत

स्वार्थी ध्रुवको ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक

इकागज |
असार ६, २०७९ सोमबार १२:४७ बजे

काठमाडौं -  गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ । ​सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्साल फिचर्ड छन् । गीत त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ । गीतको भिडियो स्वार्थी ध्रुव अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसकेका छन् । उनी पेशाले अधिवक्ता हुन् ।

 



Author

थप समाचार
x