संगीत

एड सिरन बने बेलायतमा सन् २०२१ मा सबैभन्दा बढी बज्‍ने गायक

इकागज |
असार ७, २०७९ मगलवार ११:२० बजे

लन्डन- संगीत सर्जक एड सिरन गत वर्ष बेलायतमा सबैभन्दा बढी बज्ने गायक घोषित भएका छन् । संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांकअनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् । 

उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा चार पटक सिरन बेलायतमा सबैभन्दा धेरै बज्ने गायक चुनिएका हुन् । यसका लागि रेडियो, टीभी, पब, क्लब र पसल आदिको तथ्यांकलाई आधार मानिएको थियो । 


गायकको पहिलो हुने यात्रा सन् २०१७ ‘सेप अफ यु’ गीतसँगै भएको थियो । सिरनलाई टम ग्रेननले पछ्याइ रहेका छन् । अघिल्लो वर्ष उनका दुई गीत दोस्रो र तेस्रो स्थानमा छन् । 


Author

थप समाचार
x