संगीत

इञ्जिनियर गायक साहिलराज पाण्डेको सुन्दरी स्मारिकासँग रोमान्स

इकागज |
भदौ २६, २०७९ आइतबार १७:२८ बजे

काठमाडौँ - गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरुमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडल समेत रहेका गायक शाहिलकै शब्द सिर्जनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ । पेशाले मेकानिकल इञ्जिनियर समेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरुमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् ।

नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्धय साहिल र स्मारिकाको बेजोड अभिनय देख्न सकिन्छ । गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए ।


उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । भिडियो गायक साहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक साहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

 


Author

थप समाचार
x